• २०८१ जेठ ६ आइतबार

मापदण्डविपरित कोरोनाविरुद्धको खोप लगाएको खुलासापछि पेरूकी विदेशमन्त्रीको राजीनामा

kharibot

पेरूकी विदेश मन्त्री एलिजाबेथ एस्टेटे

काठमाडौँ । पेरूकी विदेश मन्त्री एलिजाबेथ एस्टेटेलाई कोभिड खोप लगाएको कारण राजिनामा दिनुपरेको छ । उनले आइतबार खोप लगाएको स्वीकार गरेकी छिन् । उनले पेरुमा सरकारी खोप अभियान शुरुवात हुनुभन्दा पहिला र क्लिनिकल ट्रायल बाहिर आफुले कोरोना खोप लगाएकी थिइन् ।

एलीजाबेथको अनुसार, उनले जनवरीमा चिनियाँ कम्पनी सिनोफर्माको खोप लगाएकी थिइन् । यसको एक दिन पहिला, पेरुका राष्ट्रपति फ्रानसिस्को सागस्तीले स्वास्थ्य मन्त्री पिलार माजेटीको राजिनामा स्वीकार गरेका थिए  ।

माजेटीले तब राजिनमा दिएका थिए जब पुर्वराष्ट्रपति मार्टिन विजकाराले समयभन्दा पहिला पालो मिचेर कोरोना विरुद्द खोप लगाएको तथ्य सार्वजनिक भएको थियो र यसले ठुलो विवादको रुप लिएको थियो।

मार्टिन विजकारालाई नोभेम्बरमा भ्रष्टाचारको आरोपको कारण आफ्नो पोद छाड्नुपरेको थियो। हालै उनले यस विवादमा स्पष्टीकरण दिदै, आफुले खोप लगाउनको लागि पालो नमिचेको र खोपको क्लिनिकल ट्रायलमा (परिक्षणमा) सहभागी भएको बताएका छन् ।

तर स्थनीय संचार माध्यमले उनको यस दावी माथि प्रश्न उठाएका छन् । एलिजाबेथ एस्टेटेले पछिल्लो वर्ष नोभेम्बरमा विदेश मन्त्रीको पद सम्हालेकी थिइन् ।

उनले राजिनामा दिएपछि भनिन्, “मलाई २२ जनवरीमा खोप लगाइएको थियो, उक्त खोप मैले पेरुको एक विश्वविद्यालयको प्रस्तावमा लगाएको थिए र उक्त विश्वविद्यालय पेरुमा चिनियाँ कम्पनी सिनोफर्माको क्लिनिकल ट्रायलको इन्चार्ज हो, मैले परिक्षणमा बढी भएको खोप लगाएको थिए  ।”

उनले ट्वीटरमा लेखेकी थिइन्, “मलाई आफुले ठुलो गल्ती गरेको थाहा छ, त्यसैले मैले खोपको दोश्रो डोज लगाएको छैन तर यस गल्तीको कारण मैले राजिनामा दिएको हो ।”

पेरू सरकारले सन् २०२१ जनवरी शुरुवातमा सिनोफार्माबाट कोभिड खोपको करिब तीन करोड ८० लाख डोज खरिद गर्ने घोषणा गरेको थियो ।

एक हप्ता पहिला पेरूलाई सिनोफर्माबाट तीन लाख डोज प्राप्त भइसकेको छ, मंगलबारबाट पेरुमा आधिकारिक रुपमा कोभिड खोप अभियान शुरुवात भइसकेको छ । सरकारी डेटाको अनुसार, पेरूमा कोविड-१९ को कारण करिब ४४ हजार मानिसको मृत्यु भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै