• २०८३ असोज ५ सोमबार

म्यारियो द्रागीद्वारा इटलीको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण

म्यारियो द्रागीद्वारा इटलीको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण

रोम । इटलीको प्रधानमन्त्रीका रूपमा म्यारियो द्रागीले शनिबार सपथ ग्रहण गरेका छन् । यूरो क्षेत्रको तेस्रो ठूलो अर्थतन्त्र इटलीमा केही हप्तादेखि राजनीतिक अन्यौलता कायम रहेको थियो ।

राष्ट्रपति सर्गियो माटेरेलाद्वारा उहाँलाई सपथ गराइएको हो । राष्ट्रपति भवनमा भएको शपथ कार्यक्रममा उनले भने, “म गणतन्त्रप्रति इमान्दार भई काम गर्ने प्रतिवद्धता जाहेर गर्छु । 

शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफू गणतन्त्र इटलीको राजनीतिक स्थिरताका लागि इमान्दार रहने बताए  । उनले भने, “म इटलीमा कोभिड–१९ का कारण परेको आर्थिक तथा सामाजिक समस्यालाई हल गर्दै अघि बढ्न नैतिक तथा विवेकपूर्ण तरिकाले लागिपर्नेछु ।” 

यूरोपेली केन्द्रीय बैंकका पूर्व प्रमुखसमेत रहेका द्रागीको प्रधानमन्त्रीमा भएको आगमनसँगै रोमले कोभिड–१९ का कारण थला परेको अर्थतन्त्रलाई उकास्न महत्वपूर्ण भूमिका निर्बाह गर्नेमा इटलीका जनता, राजनीतिक पार्टी, उद्योगपछि तथा व्यवसायी आशावादी बनेका इटलीका सञ्चारमाध्यमले बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै