• २०८१ बैशाख १७ सोमबार

दक्षिण कोरियामा घरपालुवा कुकुर र बिरालोको कोरोना परिक्षण हुने

kharibot

काठमाडौँ । दक्षिण कोरियाको राजधानी सियोलमा घरपालुवा कुकुर र बिरालोमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि कोरोना परिक्षण हुने भएको छ । 

सियोल शहरको स्थानीय प्रशासनले यसको बारेमा जानकारी दिएको छ । 

केहि हप्ता पहिला दक्षिण कोरियामा जनावरमा पहिलो पटक एउटा बिरालोमा कोरोना संक्रमण भएको  भेटिएको थियो । 

कोरोना संक्रमणको लक्षण देखिएका घरपालुवा जनावरमा परिक्षण हुनेछ भने यदि जनावरलाई कोरोना संक्रमण भएको पुष्टि भए, उनिहरुलाई घरमा नै क्वारेन्टिनमा राखिनेछ । 

दक्षिण कोरियाली समाचार एजेन्सी योनहापको रिपोर्ट अनुसार, महामारीको रोकथामको लागि घरपालुवा जनावरलाई पनि आइसोलेसनमा राखिने भएको छ तर अहिलेसम्म जनावरबाट मानिसमा कोरोना भाइरस संक्रमण भएको कुनै प्रमाण भटिएको छैन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै