• २०८१ बैशाख १५ शनिबार

राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदै

kharibot

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् ।

पहिलो खेल दिउँसो १२ बजे नेपाली सेनाको त्रिभुवन आर्मी फुबटल क्लब र स्याङजाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल अपराह्न ३  बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीच हुने छ ।

दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

सोमबार सम्पन्न खेलमा एपिएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोलअन्तरले पराजित गरेको थियो । एपिएफ सात खेलबाट २१ अङ्क जोड्दै लिगको शीर्षस्थानमा छ । लिगको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लब छ । आर्मीले सात खेलमा १५ अङ्क जोडेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै