• २०८१ बैशाख १७ सोमबार

द कपिल शर्मा शो बन्द हुँदै

kharibot

काठमाडौँ । पछिल्लो केहि वर्ष देखि मानिसहरुलाई हसाउँदै आएको भारतीय कार्यक्रम, 'द कपिल शर्मा शो' केहि दिनमा अफ एयर हुने भएको छ । 

बन्द हुनुभन्दा पहिला अब कार्यक्रमको अन्तिम केहि एपिसोडमा एक पटक पुन परिवर्तन हुने भएको छ । यस निर्णयले पुरै टिम र दर्शकहरु निकै खुसी भएका छन् ।

लकडाउन पछि जब पुन कार्यक्रमको छायांकन शुरुवात गरिएको थियो, तब अर्चनाको पछाडी अडियन्समा  मानिसको कटआउट तस्वीर देखिन्थ्यो, त्यहाँ दर्शक थिएनन् तर आइतबार पुन दर्शक सेक्सनमा लाइभ अडियन्स देखिएका थिए ।

अहिले कार्यक्रमको केहि अन्तिम एपिसोडको छायांकन लाइभ दर्शकको साथमा देखाइने भएको छ ।

कोरोना महामारीको प्रभावको कारण कार्यक्रम निर्माताले शो लाई बन्द गर्ने निर्णय गरेका छन् ।

कार्यक्रमकी निर्णायक अर्चना पूरन सिंहले आइतबार एक भिडियो शेयर गर्दै उनको पछाडी लाइभ अडियन्स देखाएकी थिइन् ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै