विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने भएका छन् ।
मुख्यमन्त्री राईले माघ ११ गते विवाह गर्न लागेका छन् । उनले काठमाडौंमा माघ ११ गते शेर्पा थरकी युवतीसँग विवाह गर्ने भएका हुन् ।
यसअघि संघीय सरकारका सञ्चारमन्त्री समेत बनिसकेका मुख्यमन्त्री राईको धेरै पहिला देखिनै विवाहको चर्चा चलिरहेको थियो ।
साथै उनले सञ्चारमाध्यममा प्रदेशको नामाकरण पछि विवाह गर्ने भनेर बताउँदै आएपनि अहिले उनको सरकारविरुद्ध नै अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा विवाह गर्न लागेका छन् ।