• २०८१ बैशाख १६ आइतबार

ओलीको जीन्यूजको अन्तर्वार्ता नाटक हो - प्रचण्ड

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जीन्यूजको अन्तर्वार्ता नाटक भएको बताए ।

नेकपाको प्रचण्ड-नेपाल पक्षको काठमाडौँ जिल्लास्तरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले जीन्यूजले नाटक गरेको आज प्रमाणित भएको भन्दै प्रचण्डले यसअघि भारतले आफ्नो सरकार गिराउन खोजेको आरोप लगाएकोमा अहिले भारतको सल्लाहमा संसद विघटन गरेको आरोप लगाए ।  

प्रचण्डले अब जीन्यूजले सगरमाथाको नाम फेर्ने बताएको उल्लेख गर्दै प्रचण्डले अहिले सबै विषय स्पष्ट भएको बताए ।

प्रचण्डले सम्बोधन गर्दै भने, 'अहिले संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र यसरी आक्रमणमा परेको छकी यसलाई जोगाउने दायित्व हाम्रो काधमा आएको छ ।'

जसले लोकतान्त्रिक गणतन्त्रका लागि त्याग गर्यो, बलिदान गर्यो अहिले सबै गम्भीर भएको बताउदै प्रचण्डले आफ्नै आँखा अगाडी संबिधान र गणतन्त्रमाथि प्रहार भएको बताए । उनले भने, आफ्नै पार्टीका नेताबाट संबिधान र गणतन्त्रमाथि प्रहार भएकोमा हामीहरु अझै दुखि छौ ।

प्रचण्डले अहिले साथीहरु जोकरमा परिणत भएको जस्तो लाग्ने बताउदै उनीहरुका भाषण सुन्दा अनौठो लागेको बताए ।

प्रचण्डले ४ सय ४१ जनाको केन्द्रीय कमिटीका सय जना पनि उपस्थित नभएको बैठकले गरेका निर्णय कसरी गर्न मिल्छ भन्दै यस्तो नौटंकी किन गरेको भन्दै प्रश्न गरेका छन् ।

प्रचण्डले निर्वाचन आयोग र सर्वोच्च अदालत दुवैमाथि आफ्नो भरोसा भएको भन्दै नियम अनुसार निर्णय नभए आधिबेहरी आउने बताए ।

ओलीले आफुहरुलाई भगौडा भनेको प्रसंगमा प्रचण्डले ७० प्रतिशत भगौडा हुने र ३० प्रतिशत भगौडा नहुने ओलीको दिमागमा मात्र भएको बताए ।

प्रचण्डले ओलीलाई झुटा कुरालाई होकी होकी भन्ने बनाउन सक्ने क्षमता भने रहेको बताउदै प्रचण्डले आफु, वामदेव र माधव नेपाललाई एकै दिन प्रधानमन्त्री अफर गरेको प्रसंग सुनाएका थिए ।

ओलीले अहिले पार्टीले काम गर्न नदिएर संसद विघटन गरेको बताउने गरेको भन्दै प्रचण्डले पार्टीले कुन काम रोकेको हो त्यसको प्रमाण दिन चुनौती दिए ।

यस अघि पनि ओलीले मेरो सरकार ढलेमा कुर्सि भाचिदिने भनेकोमा आफुहरुले कुर्सि मात्रै भाच्छन् भन्ने सोचेकोमा अहिले संबिधान, व्यवस्था नै भाचेको प्रचण्डले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै