• २०८१ बैशाख १७ सोमबार

कार्दशियन र वेस्टले सम्बन्ध विच्छेद गर्दै

kharibot

काठमाडौँ । किम कार्दशियन प्रख्यात टिभी स्टार, व्यापारी र सोशलाइट महिला हुन् । किम आफ्नो बोल्ड अवतारको कारण सधैं चर्चामा हुने गर्दछिन् तर यस पटक भने उनी आफ्नो व्यक्तिगत जीवनको कारण निकै चर्चामा आएकी छिन् । किमले आफ्नो श्रीमान कान्ये वेस्टसंग सम्बन्ध विच्छेदको निर्णय गरेकी छिन् । 

दुवै जना बीच सबै ठिक चलिरहेको थियो तर अहिले उनीहरु छुट्टिएर बसेका छन् । किम आफ्नो चार बच्चाहरुसहित लास एन्जलसमा बस्दै आएकी छिन् भने उनको श्रीमान तथा प्रख्यात रयाप गायक कान्ये वेस्ट यस समय वीयोमिंगमा आफ्नो फार्म हाउसमा बस्दै आएका छन् ।

किमले कान्ये संग अलग हुने निर्णय आफैं लिएकी थिइन् । उनले सन् २०१४ मा कान्ये वेस्टसंग विवाह गरेकी थिइन् । कान्ये भन्दा पहिला किमले दुई पटक विवाह गरिसकेकी छिन् ।

किम कार्दशियन सधैं आफ्नो बयानको कारण विवादमा रहन्छिन् । 

किम कार्दशियन सबै भन्दा धेरै भुगतान गरिने रियालिटी टिभी स्टार हुन् । उनले एक किताब पनि लेखेकी छिन्, जसको शिर्षक " कार्दशियन कनफिल्ड" रहेको छ ।

किमले प्लेबोय म्यागजिनको लागि सन् २००७ मा न्यु ड तस्वीर दिएकी थिइन् । त्यस्तै उनका श्रीमान पछिल्लो केहि महिना अमेरिकी चुनावमा सहभागी हुने विषयलाई लिएर निकै चर्चामा आएका थिए ।

किम कार्दशियन उनको कर्भी बडीको लागि निकै प्रख्यात छिन् । हलीवुडको टप मोडलहरु मध्ये एक किम कार्दाशियन सामाजिक संजालमा निकै सक्रिय रहन्छिन् ।

किमको पुरै परिवार नै सेलिब्रिटी हुन् । किमका बुबा रबर्ट कार्दशियन अमेरिकाको एक ठुलो वकिल थिए र उनकी आमा क्रिस जेनर पनि प्रख्यात सेलिब्रेटी हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै