• २०८१ बैशाख १७ सोमबार

वाल स्ट्रिटमा चिनियाँ प्रविधि कम्पनीलाई प्रतिबन्ध

kharibot

काठमाडौँ । अमेरिकाको न्युयोर्क स्टक एक्सचेन्ज (एनवाईएसइ) ले सेनासंग सम्बन्ध रहेको कारण बताउदै चीनको टेलिकम्युनिकेसन कम्पनीहरुलाई हटाउने निर्णय गरेको छ । चीन मोबाइल, चीन टेलिकम र चीन युनिकम हङकङलाई ट्रम्प प्रशासनले लक्षित गरेको छ ।

टेलिकमका ठुला कम्पनीको शेयर आउँदो हप्ता देखि निलम्बन हुनेछन् भने ती कम्पनीलाई शेयरको सुचीबाट पनि हटाइनेछ । यस कम्पनीहरु चीनबाट संचालित भएको कारण अमेरिकाको व्यापारले केहि पनि प्रभाव पर्ने छैन ।

अमेरिका र चीन बीचको प्रविधिको लडाईमा ठुला कम्पनीहरु प्राय निशानामा पर्ने गरेका छन् । यी तीन कम्पनीले हङकङको तुलनामा चीनमा कम व्यापर गर्दै आएका छन् तर चीनमा भने प्रमुख प्रविधि कम्पनी हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा सेनाको नियन्त्रणमा रहेको चिनियाँ कम्पनीहरुमा अमेरिकी लगानी नगर्ने बताएका थिए । यसले अमेरिकी लगानीकर्तालाई चीनको सेना संग सम्बन्ध रहेका प्रविधि कम्पनीसंग खरिद/बिक्रि गर्न रोक लगाएको छ ।

राष्ट्रपति ट्रम्पले थुप्रै चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाएका छन् जस्तै, टिकटक, हुवावे र टेनसेन्ट कम्पनीलाई राष्ट्रिय सुरक्षा खतरामा रहेको भन्दै प्रतिबन्ध लगाएका थिए । चीनले यसको प्रतिउत्तरमा अमेरिकाको थुप्रै प्रविधि कम्पनीलाई ब्ल्याकलिस्टमा राखेको छ र यो सबैले दुवै देशबीच तनाव बढ्दै गएको छ ।

एनवाईएसइको अनुसार, चीन मोबाइल, चीन टेलिकम र चीन युनिकम हङकङको शेयरलाई ७ देखि ११ जनवरीको बीचबाट व्यापर प्रतिबन्ध लगाइने छ । हाल अमेरिकामा दुई सय भन्दा धेरै चिनियाँ कम्पनीहरु अमेरिकी स्टक मार्केटको सुचीमा रहेका छन् र कुल २.२ ट्रिलीयन अमेरिकी डलर मार्केट मुल्य रहेको छ ।

अमेरिका संगको चिसो सम्बन्धको कारण चिनियाँ कम्पनीहरुले चीन र हङकङमा दोहोरो सुची बनाएका छन् । चिनियाँ इ-कमर्स कम्पनी अलिबाबा र जेडी डटकमले पनि न्युयोर्कलाई दोश्रो व्यापारिक शहरको रुपमा लिएको छ ।

पछिल्लो महिना अमेरिकी प्रतिनिधि सभाले चिनियाँ कम्पनीलाई शेयर मार्केटबाट हटाउनको लागि नयाँ नियम पास गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै