• २०८१ बैशाख २१ शुक्रबार

ड्रग्स छानबिनमा करण जोहर पनि तानिए

kharibot

काठमाडौँ । बलिवुडमा ड्रग्स प्रकरणको छानबिन गरिरहेको भारतीय नारकोटिक्स नियन्त्रण ब्यूरो (एनसीबी) ले चर्चित निर्माता एवं निर्देशक करण जोहरलाई बयानका लागि बोलाएको छ ।

एनसीबीले विहिबार एक नोटिस पठाउदै जोहरलाई बयानका लागि बोलाएको हो । 

जोहरको घरमा २०१९ मा भएको एक पार्टीमा ड्रग्सको प्रयोग भएको भन्दै एक भिडियो भाइरल भएको थियो । भारतीय मिडियाहरुले सोहि भिडियोलाई आधार बनाएर एनसीबीले जोहरलाई बयानका लागि बोलाएको उल्लेख गरेका छन् ।

अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिवुडमा ड्रग्सको प्रयोग बारे एनसीबीले अहिले अनुसन्धान गरिरहेको छ । 

एनसीबीले यसअघि अभिनेत्री दीपिका पादुकोने, साराअली खान, श्रद्धा कपुर, रकुलप्रित सिंहसँग बयान लिएको छ ।

साथै अभिनेता अर्जुन रामपालसँग एनसीबीले यसअघि बयान लिएपनि फेरी बयानका लागि नोटिस पठाएको छ ।

अनुसन्धानकै क्रममा हास्यकलाकार भारती सिंह र उनका पति हर्षलाई हिरासतमा लिएकोमा उनीहरु अहिले जमानतमा छुटेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै