• २०८१ बैशाख २१ शुक्रबार

इटालियन फुटबलका लिजेण्ड पाओलो रोजीको निधन

kharibot

काठमाडौँ । इटालियन फुटबलका लिजेण्ड पाओलो रोजीको ६४ बर्षको उमेरमा निधन भएको छ ।

सन १९८२ मा इटालीले विश्वकप फुटबल जित्दाका नायक रोजी पछिल्लो दुई महिना रोगसँगको लडाई पछि सधैका लागि बिदा भएका हुन् ।

पछिल्लो समय रोजी इटालियन टेलिभिजन राइ स्पोर्टसमा फुटबल पण्डितको रुपमा कम गरिरहेका थिए । 

रोजीले १९८२ मा इटालीलाई विश्वकप जिताउने क्रममा कुल ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।

रोजीले सो विश्वकपमा ब्राजिलविरुद्ध ह्याट्रिक गरेका थिए भने सेमीफाइनलमा पोलल्याण्डविरुद्द दुई गोल गरेका थिए । फाइनलमा पश्चिम जर्मनीलाई ३-१ ले पराजित गरेको इटालीका लागि पहिलो गोल रोजीले गरेका थिए ।

उनले व्यावसायिक रुपमा युभेन्ट्स र एसी मिलानबाट खेलेका थिए ।

इटालीबाट सन १९७७ देखि १९८६ सम्म खेलेका रोजीले ४८ अन्तर्राष्ट्रिय खेल खेल्दै २० गोल गरेका थिए ।

उनले युभेन्टसबाट दुई सिरी ए उपाधि जितेका थिए भने १९८४-८५ को युरोपियन कप समेत जितेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै