• २०८१ बैशाख २३ आइतबार

सरकारले तोकेको राहत नपाउदाँ तेह्रथुमका अग्नि पीडित समस्यामा

kharibot

आठराई । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा भीषण आगलागी भएको एक वर्ष पूरा भएको छ । गतवर्ष पुस १ गते संक्रान्तिबजारमा भएको भीषण आगलागीेको दिनलाई आठराईवासीले कालो दिनको रुपमा मनाएका छन् ।

बजारवासीले पुनःआगलागीबाट क्षति नहुन कालो दिन मनाउँदै आगलागी क्षेत्रमा “अग्नि दहा पूजा” गरेका हुन् । सो आगलागीमा संक्रान्तिबजारका ३२ घरसहित ७३ परिवार विस्थापित भएका थिए । आगलागी भएको वर्षदिन पूरा भइसक्दा समेत कसैको पनि घर बन्न सकेको छैन ।

पीडितपरिवारले अझै टहरामा चिसो रात कटाइरहेका छन् । आगलागी भएको क्षेत्रमा अहिलेसम्म एउटा मात्र स्थायी र दुईवटा जस्तापाताका अस्थायी घर बनेका छन् । आगलागीपछि आएका विभिन्न संघ संस्थाका राहातले पीडितको पीडामा मलमपट्टी लगाउने मात्र काम ग¥यो । 

संक्रान्तिबजार आगलागीले सरकारकै ध्यान खिच्यो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारका जम्बो टोलीले पीडितसँग भेटघाट गरी आगलागी क्षेत्रको निरीक्षण गरेर विशेष राहत प्याकेज घोषणा गेपनि अहिलेसम्म पीडितले सरकारबाट घोषित राहत प्याकेज पाएनन् ।

पीडित अझै टहरामा 

संक्रान्ति बजारका अग्निपीडित अहिलेसम्म टहरामा बस्न बाध्य छन् । आगलागीबाट सर्वस्व गुमाएका तीन परिवार टहरामा बसेका छन् भने बाँकीले डेरा लिएर बसेका छन् । 

“यस वर्षको जाडो पनि टहरामै बित्ने भयो, विदेश गएर कामएको पैसाले बनाएको घर छिनमै खरानी भयो, घर बनाउन सकिन ।” टहरामा चिसो रात कटाइरहनुभएका पीडित सूर्य गुरुङले भन्नुभयो, “सरकारले ऋण दिए घर बनाउँथे ।

जाडोको समय शुरु भएको छ । टहरामा शीत परेर रात कटाउन नै गा¥हो हुन्छ, बनिबुतो गरेर दुई बच्चासहितको चार जनाको परिवार पाल्दैछु । घर बनाउने कुनै स्रोत छैन।” पीडित गुरुङले गुनासो गरे । 

किन बन्न सकेनन् घरहरु ? 

पुस १९मा आगलागी क्षेत्रको स्थलगल निरीक्षण तथा अग्निपीडितसँग भेटपछि प्रधानमन्त्री दाहालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक करोड उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । 

आगलागी पीडितका लागि राहत प्याकेजको घोषणा गर्दै पुनःनिर्माण तथा व्यवसाय पुनःस्थापित गर्न बिना धितो न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा पनि गरिएको थियो । 

सरकारबाट घोषित राहात पाउने आशामा आवास पुनःनिर्माण गर्न नसकिएको पीडित डोलेश्वर थापा मगरले बताए र राहात प्याकेज घोषणाले अलमल मात्र गरायो, घोषणा भएको एक वर्षसम्म केही भएन्, पीडित अमृत गहतराजले भन्नुभयो, “पीडितलाई प्रधानमन्त्रीले ढाट्नुभयो, यसैको आशमा एक वर्ष बित्यो ।” 

प्रधानमन्त्री आगलागी क्षेत्रमा आउने भएपछि कार्यक्रम व्यवस्थापनमा अीग्नपीडित राहात कोषमा जम्मा भएको पैसा मात्र खर्च भयो तर घोषित राहात अभैm पीडितले पाएनन् । 

पीडितले किन पाएनन् घोषित राहात ? 

घोषित रु एक करोडसहितको विशेष राहत प्याकेज उपलब्ध नहुने भएको छ । गृह मन्त्रालयबाट पीडितको पुनःस्थापना तथा पुनःनिर्माणका लागि रु एक करोड उपलब्ध गराउने विषयमा अर्थमन्त्रालयको सहमति माग भएकामा उक्त मन्त्रालयबाट पीडितका लागि सहुलियत ऋण उपलब्ध गराउने मात्र सहमति भएपछि घोषणा भएको रु एक करोड पीडितलाई उपलब्ध नहुने भएको हो ।

तेह्रथुममा भएको आगलागीबाट पूर्णरुपमा क्षतिग्रस्त २६ घरपरिवारको ३२ घर निर्माणका लागि दुई प्रतिशत ब्याजदरमा शहरी क्षेत्रमा रु २५ लाख र अन्य क्षेत्रमा रु १५ लाख सहुलियत ऋण मात्र उपलब्ध गराउने व्यहोरा उल्लेख छ । 

केन्द्रीयदैवी प्रकोप उद्धार समितिको निर्णयानुसार आगलागी पीडितले आवास पुनःनिर्माणका लागि पुनःउद्धार कोषमार्पmत सरकारी कारोबार गर्ने स्थानीय वाणिज्य बैंकबाट ऋण उपलब्ध हुने प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले जानकारी दिए । 

राष्ट्रिय वाणिज्य बैंकले सहुलिय ब्याजदरमा ऋण उपलब्ध हुने विषयको कार्यविधि बनाउन ढिलो गरेकाले पीडित परिवारलाई ऋण उपलब्ध गराउन ढिलो भएको प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो ।

घरधनीलाई जिल्ला दैवी प्रकोप उद्धार समितिबाट प्रमाणित भएको क्षतिको विवरणको आधारमा मात्र सहुलियत ब्याजदरमा ऋण उपलब्ध हुने बताइएको छ ।

पीडित व्यापारी चिन्तित 

सरकारबाट घोषण भएको रु एक करोडसहितको विशेष राहत प्याकेज उपलब्ध नहुने भएपछि पीडित व्यापारी चिन्तित भएका छन् । अग्निपीडित परिवारलाई “व्यवसाय पुनःस्थापित गर्न बिना धितो न्यूनतम ब्याजदरमा ऋण दिने” प्रधानमन्त्रीले भाषणमा उल्लेख गर्नुभएको थियो, घरधनीलाई मात्र सहुलियत ऋण आउने भएपछि ठूलो क्षति भएका व्यापारीलाई सम्बोधन नभएको ताप्लेजुङबाट संक्रान्तिबजार आएर व्यापार गर्दै आएका पीडित दीपेश प्रसार्इंले दुःख व्यक्त गरे । 

“लाखौको लागानीको व्यापार खरानी भएको छ ।” पीडित प्रसाईंले भने, “राहात प्योज घोषणाले व्यापार पुनःस्थापनामा सहयोग हुने आश थियो, तर भाषणमा मात्र सीमित भयो ।”

सरकारको राहात प्याकेज यस्तो थियो 

घोषणामा अग्निपीडित परिवारलाई पुनःनिर्माण तथा व्यवसाय पुनःस्थापित गर्न बिना धितो न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउने, सदमुकाम म्याङलुङ र संक्रान्तिबजारमा वृहत खानेपानी आयोजना सहितको फायर हाइडेल सञ्चालन, दमकल खरिद, चाडै केन्द्रीय प्रशारण लाइन विस्तार गरिदिने भनेपनि स्थानीयवासीले अहिलेसम्म प्याकेजको महसुस पनि गर्न पाएका छैनन् ।

यस्तै तत्कालै संक्रान्ति बजारमा नेपाल बैंक तथा कृषि विकास बैंकका शाखा पुनःस्थापनाका लागि पहल गरिने भनेपनि आठराईवासीले सरकारी बैंकका सुविधा लिन सदरमुकाम म्याङलुङमा ६८ किलोमिटर हिलाम्मे बाटोको जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेकोे स्थानीयवासीले गुनासो गरेका छन् । 

विकासका लागि तमोर जलशाययुक्त आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयलाई निर्देशन, तेह्रथुम सदरमुकाम म्याङलुङ–वसन्तपुर सडक खण्ड कालोपत्रे, मध्यपहाडी लोकमार्ग निर्माण, पाँचथर हाक्पारा घाटमा मोटर पुल निर्माण, तमोर नदीको तटीय क्षेत्रका ९ गाविसमा खानेपानीको व्यवस्थाका साथै खोज तथा उद्धारका लागि सुरक्षा निकायलाई आवश्यक सामग्रीको व्यवस्था बजेट कार्यक्रममार्पmत गरिने बताइएको थियो 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै