• २०८१ बैशाख १९ बुधबार

कमेडियन भारतीको घरबाट गाँजा बरामद, पति-पत्नी एनसीबीको हिरासतमा !

kharibot

काठमाडौँ । बलिवुडमा ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कंट्रोल ब्यूरो (एनसीबी) ले कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियाको घरमा छापा मार्दा गाजा बरामद भएको छ ।

एनसीबीले मुम्बईमा कैयौ ठाउमा छापा मार्नेक्रममा कमेडियन भारतीको घरमा छापा मारेको र घरमा गाजा भेटिएपछि दुवैलाई बयानका लागि लगेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतीय समाचार एजेन्सीले एनएनआइका अनुसार शनिबार बिहान एनसीबीले छापा मार्दा गाजा बरामद भएको र दुवै पति पत्नीलाई बयानका लिएर गएको उल्लेख गरेको छ ।

बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि ड्रग्स एंगलबाट छानबिन गर्दै कैयौ बलिवुड सेलिब्रेटीलाई निशाना बनाएर अनुसन्धान गरिरहेको छ ।

यस अघि एनसीबीले अभिनेता अर्जुन रामपालको घरमा छापा मार्नुका साथै उनी र उनकी प्रेमिका गैब्रिएला डेमेट्रिएड्ससँग बयान पनि लिइसकेको छ ।

एनसीबीले निशाना बनाएका मुम्बई र गोवामा रहेका सेलिब्रेटी बस्ने होटल र उनीहरुका निजी फार्म हाउसमा गरिएको छापा मारीमा अहिलेसम्म ड्रग्स नभेटिएको बताइएको छ ।

एनसीबीले ड्रग्स प्रकरणमै यस अघि अभिनेत्री दीपिका पादुकोने, श्रद्धा कपुर, रकुलप्रित सिंह, सारा अली खानसँग बयान लिइसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै