• २०८३ बैशाख २३ बुधबार

स्याङजाका संक्रमित पुरुषको पोखरामा उपचारको क्रममा मृत्यु

स्याङजाका संक्रमित पुरुषको पोखरामा उपचारको क्रममा मृत्यु

प्रतिनिधि तस्वीर

काठमाडौँ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङजाको पुतलीबजार नगरपालिका वडा नम्बर १३ का ४६ बर्षिय पुरुष रहेका छन् । उनको गएराती एक बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

उनलाई कार्तिक २५ गते कोरोना पुष्टि भएको थियो । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १२७ पुगेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै