• २०८१ बैशाख २२ शनिबार

चितवनमा साहित्यिक व्यक्तित्वहरूलाई सम्मान प्रदान

kharibot

फाइल तस्वीर

चितवन । चितवन जिल्लामा साहित्यिक व्यक्तित्वहरूलाई सम्मान गरिएको छ ।

विसं २०७६ मा प्रकाशित श्रष्टाहरूका कृतिका आधारमा बिहीबार सम्मानित गरिएको हो ।

चितवन साहित्य परिषद्ले हरेक वर्ष प्रदान गरिने राजकृष्ण कँडेल साहित्य पुरस्कार, २०७७ बाट पत्रकार वसन्त पराजुली र लेखक गणेश लाठलाई सम्मानित गरेको छ । पराजुलीलाई उनको ‘कुमाता’ कथासङ्ग्रहका लागि र लाठलाई ‘अघटित’ उपन्यासका लागि प्रदान गरिएको हो ।

पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ । 

यस्तै चिसाप प्रतिभा पुरस्कार, २०७७  अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष प्रकाश पौडेल माइला, चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार ‘केन्द्र र परिधि’ निबन्धका लागि निबन्धकार रामबाबु घिमिरे र चिसाप लीलानर्मदा पुरस्कार ‘महोपथ’ कथासङ्ग्रहका लागि कथाकार ललित विष्टलाई प्रदान गरिएको छ । 

हाल जापानमा रहेका कारण पुरस्कृत व्यक्तित्व पौडेलका बुबा चूडामणि पौडेलले उनको पुरस्कार ग्रहण गरे भने अन्य स्रष्टाहरू स्वयं कार्यक्रममा उपस्थित भएर पुरस्कार ग्रहण गरेका छन् ।

कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र्र अस्तफल, पूर्वअध्यक्ष केदारनाथ खनाल, साहित्यकार श्यामजी अतिथि, पुरस्कारका संस्थापक मायादेवी कँडेलले पुरस्कृत व्यक्तित्वलाई सम्मान गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै