हुम्ला । हुम्ला उद्योग वाणिज्य संघले तिहारका अवसरमा उपभोक्तालाई उपभोग्य सामानमा १० प्रतिशत छुट दिन व्यवसायीसँग अनुरोध गरेको छ ।
संघका अध्यक्ष नामग्याल तामाङले ढुवानी महँगो भए पनि धेरै वर्षदेखि महान चाड दशैँ र तिहारमा छुट गर्ने चलन रहेको स्मरण व्यवसायीलाई गराएका छन् ।