• २०८१ बैशाख १७ सोमबार

श्रद्धा कपुर पनि ड्रग प्रकरणमा बयानका लागि उपस्थित

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री श्रद्धा कपुर पनि ड्रग प्रकरणमा बयानका लागि नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को कार्यालय पुगेकी छन् ।

यस अघि आजै दीपिका पादुकोण ड्रग प्रकरणमा बयानका लागि पुगिसकेकी छन् भने उनको अहिले बयान जारी रहेको भारतीय मिडियाहरुले बताएका छन् ।

श्रद्धा कपुर ड्रग प्रकरणमा ह्वाट्सएप च्याट बाहिरिने अभिनेत्री मध्ये एक हुन् । उनले सुशान्तसँगै ड्रग लिने गरेको खुलासा पछि एनसीबीले बयानका लागि बोलाएको थियो ।  

ड्रग प्रकरणमा आफ्नी म्यानेजरसँगको ह्वाट्सएप च्याट बाहिरिएपछि दीपिका, श्रद्धासहित अभिनेत्री सारा अली खान, रकुल प्रित सिंहलाई एनसीबीमा बयानका लागि उपस्थित हुदै छन् ।

अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु पछि छानबिनको क्रममा ड्रग कनेक्सनको खुलासा भएपछि अहिले बलिवुडमा ड्रगको कनेक्सनमा एजेन्सीहरु छानबिनमा जुटेका छन् ।

अभिनेत्री रिया चक्रवर्तीसहित सेलिब्रेटीहरुका पूर्व म्यानेजरहरुको गिरफ्तारी र उनीहरुको च्याट बाहिरिएपछि एक पछि अर्को सेलिब्रेटीको नाम खुलासा भइरहेको छ ।

यस प्रकरणमा अहिलेसम्म विभिन्न ड्रग सप्लायर्ससहित २० जनालाई हिरासतमा लिएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै