• २०८१ बैशाख २२ शनिबार

उत्तर कोरियाले दक्षिण कोरियाका कर्मचारीलाई गोली हानि जलाएको आरोप !

kharibot

उत्तर कोरियाको सीमासँग जोडिएको दक्षिण कोरियाको येओनपिएओंग आइल्याण्ड

काठमाडौँ । उत्तर कोरियालाई दक्षिण कोरियाको एक कर्मचारीलाई गोलि हानेर जलाएको आरोप लागेको छ ।

दक्षिण कोरियाले समुन्द्रमा बोटमा पेट्रोल गरिरहेको बेला बेपत्ता भएको एक कर्मचारी उत्तर कोरियाको समुन्द्री क्षेत्रमा जलेको अवस्थामा भेटिएको बताएको छ ।

दक्षिण कोरियाले ति कर्मचारीको शवलाई कोरोना भाइरससँग सावधानी अपनाउदै जलाइएको पाइएको बताएको बिबिसीले उल्लेख गरेको छ ।

उनी सोमबारदेखि बेपत्ता रहेका थिए । ४७ बर्षिय २ बच्चाका पिता जलेको अवस्थामा भेटिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।

दक्षिण कोरियाले यस घटनाको भत्सना गरेको छ । उत्तर कोरियाले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको थिएन ।

अहिले कोरोना भाइरसको महामारीका कारण दुवै कोरियाको सीमा क्षेत्रमा कडा सुरक्षा अपनाइएको बताइएको छ । अहिले एक अर्काको सीमा क्षेत्रमा प्रवेश गरेमा सिधै गोलि हान्ने आदेशसहित सुरक्षाकर्मि तैनाथ गरिएको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै