• २०८१ बैशाख १६ आइतबार

प्रदेशसभा २ का सदस्य थापामाथि आक्रमण

kharibot

प्रतिनिधी तस्वीर

दैलेख । क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य शुशिल थापामाथि नियोजित रुपमा साङ्घातिक आक्रमण भएको छ ।

आफ्नो निर्वाचत क्षेत्रअन्तरगत भैरवी गाउँपालिका–३ को छड्ने भन्ने स्थानमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनीमाथि आक्रमण भएको हो । वडा नं. ३ मा नेकपाको पार्टी कार्यालय स्थापनासँगै ४२ घरका करिव दुई सय जना बढी नेपाली काँग्रेस कार्यकर्ता परित्याग गरी नेकपामा प्रवेश गर्ने कार्यक्रम आयोजना गरिएको थियो ।

“आफ्नै निर्वाचन क्षेत्रमा भएकाले मलाई पनि त्यहाँ उपस्थितीका लागि खवर भयो, नेकपाका पालिका स्तरका नेता तथा कार्यकर्ता, गाउँपालिका उपप्रमुख लगायतको उपस्थिती थियो । बिहानको कार्यक्रम स्थानीयको निधन भएकाले केही बेर ढिला गरी सञ्चालन भयो, मैले पार्टी कार्यालय उद्घाटनको बोर्ड राख्दै थिए । छ जनाको समूहले एकाएक आक्रमण शुरु गर्र्यो । अत्यधिक रुपमा मदिरा सेवन गरेको समूहले गाउँपालिकाका उपाध्याक्ष, नेकपाका पार्टी सचिव लगायतका नेतामाथि धमाधम आक्रमण गर्र्यो, उनी सबैलाई हुत्याउँदै मलाई समेत आक्रमणको प्रयास गरिएको थियो, जनताले बचाउन सफल भए । त्यहाँ रक्तपात गर्ने योजना बनाएर दुल्लूका नेपाली काँग्रेसका नेताले योजनाबद्ध आक्रमण गर्ने प्रयास गरेको रहेछ”,  उनले भने ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै