• २०८१ बैशाख २१ शुक्रबार

सरकार बाहिर रहेर पनि देशको हितमा काम गर्छु - डा. युवराज खतिवडा

kharibot

काठमाडौँ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा बुझाउन लागेको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै आफुले आजै अर्थमन्त्री र सञ्चार तथा सूचना प्रबिधिमन्त्रीबाट राजीनामा दिने बताएका हुन् ।

उनले आफैले आज मन्त्रिपरिषद्को बैठकमा राजीनामा दिने बताएको जानकारी दिए ।

उनले काम गर्दै जादा सबै कुरा नमिल्ने र व्यक्तिको हितमा हुननसक्ने बताए । काम गर्ने क्रममा राष्ट्रको हितमा काम गर्दा व्यक्तिको हितमा नहुने बताए ।

आफु सरकार बाहिर रहेपनि आफु सरकार बाहिर रहेर पनि देशको हितमा हुने काममा सक्रिय रहने बताए ।

कोभिडको असर क्षणीक रहेको भन्दै छिटै देश सहि बाटोमा आउने र उच्च मनोबलले काम गर्नुपर्ने खतिवडाले बताए ।  

मन्त्री खतिवडाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका दिदै आफ्नो आज नै मन्त्रीको कार्यकाल अन्तिम रहेको बताए ।

 सरकारले राष्ट्रिय सभामा उनलाई मनोनित नगर्ने भएपछि अर्थमन्त्री खतिवडाको पद धरापमा परेको हो । 

डा. खतिवडा अहिले सांसद नभए पनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार मन्त्री पदमा रहेका थिए । 

राष्ट्रिय सभा सदस्यको पदावधि सकिइसकेका खतिवडाले गत फागुन २१ मा शपथ लिएका थिए । खतिवडाको संसद सदस्य पद फागुन २० गते सकिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै