• २०८१ बैशाख २१ शुक्रबार

अर्थमन्त्री डा. युवराज खतिवडाले आज राजीनामा दिदै

kharibot

काठमाडौँ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । 

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकमा डा. खतिवडाले आजै राजीनामा दिने बताएका हुन् । 

सरकारले राष्ट्रिय सभामा उनलाई मनोनित नगर्ने भएपछि अर्थमन्त्री खतिवडाको पद धरापमा परेको हो । 

डा. खतिवडा अहिले सांसद नभए पनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार मन्त्री पदमा रहेका थिए । 

राष्ट्रिय सभा सदस्यको पदावधि सकिइसकेका खतिवडाले गत फागुन २१ मा शपथ लिएका थिए । खतिवडाको संसद सदस्य पद फागुन २० गते सकिएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे २ बर्षको अर्थमन्त्रीको कार्यकालका लागि खतिवडालाई धन्यवाद दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै