• २०८१ बैशाख १६ आइतबार

रौतहटमा बागमती नदीमा डुबेर ३ बालिका बेपत्ता

kharibot

बालिकाको खोजि गर्दै स्थानीय र सुरक्षाकर्मीहरु

रौतहट । बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर तीन जना बालिका बेपत्ता भएका छन् ।

रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ७ स्थित धरमपुरटोलका भदै मुखियाको १० वर्षिय छोरी पिंकु कुमारी मुखिया, लक्षुमण दासकी १२ वर्षिय छोरी सुसिता कुमारी दास र छटु मुखियाकी १० वर्षिय छोरी चन्चल कुमारी मुखिया नदीमा डुबेर बेपत्ता भएका हुन् ।

उनीहरु गाउँ नजिकैको बाग्मती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।

बालिकाहरु नदीमा हराएको खबर पाउना साथ धरमपुर चौकी, समनपुर ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले र स्थानीयहरूले बेपत्ता बालिकाहरुको खोजी कार्य गरिरहेको रौतहटका प्रहरी उपरिक्षक रविराज खड्काले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै