• २०८१ बैशाख २० बिहीबार

राष्ट्र्कविको निधनप्रति प्रधानमन्त्री ओलीले भने - देशले साहित्यका एक विशिष्ट साधक गुमायो

kharibot

तस्बीर : प्रधानमन्त्रीको ट्वीटरबाट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र्कावी माधवप्रसाद घिमिरेको निधनप्रति दुख व्यक्त गरेका छन् ।

सामाजिक संजालमा प्रधानमन्त्री ओलीले घिमिरेको निधनबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको उल्लेख गर्दै साहित्य मार्फत उनले मुलुकलाई लगाएको गुण नेपाली जनताले कहिल्यै नभुल्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन् -     

राष्ट्र कवि माधवप्रसाद घिमिरेको १०२ बर्षको उमेरमा आज दुःखद निधन  भएको छ । उहाँको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ । साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन् ।

शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु  । साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै