• २०८१ बैशाख २२ शनिबार

पोखरा महानगरपालिकामा थप ८ जनामा कोरोना पुष्टि

kharibot

पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप ८ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार दिएको अपडेट अनुसार प्रदेशको कास्की जिल्लामा थप ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

नयाँ संक्रमितहरु पोखरा महानगरपालिकाको वडा नम्बर १५, १९ र ३२ का रहेका छन् । जसमा चार महिला र चार पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म एक हजार ३८३ जना ठिक भएर डिस्चार्ज भएका छन् भने प्रदेशमा योसँगै अहिलेसम्म कुल संक्रमितको संख्या १ हजार ५८७ पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै