मुम्बई । बलिवुडका चर्चित अभिनेता शशी कपुरको निधन भएको छ ।
लामो समय देखि विरामी ७९ बर्षिय कपुरको मुम्बई स्थित कोकिला बेन अस्पतालमा सोमबार अपरान्ह निधन भएको हो । शशी कपुर दिमागमा इन्फेक्सनबाट पिडित थिए । कैयौ पटक बाइ पास सर्जरी समेत गरीएको थियो ।
असली नाम बलबीर राज कपुर रहेका उनलाई प्रेमले शशी भनेर बोलाउदै गर्दै दुनियाभर शशी कपुरका नामले चिनिएका थिए । अभिनेता कपुर पृथिवी राज कपुरका छोरा तथा अर्का अभिनेता राज कपुर र शम्मी कपुरका साना भाई हुन् ।
सन् १९३८ मा कोलकोतामा जन्मिएका शशीले भारतमा पद्मा भुषण, दादा साहेब फाल्के पुरस्कार जस्ता विशिष्ट पुरस्कार जित्न सफल भएका थिए ।
उनले कभी कभी, बसेरा, सर्मिली, जानवर और इन्सान, जमिन असमान, आ गले लग जा, अनाडी, वक्त, आमने सामने, कलियुग, जुनुन, दिवार जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए ।
शशी कपुरले अभिनयका अलावा फिल्म निर्माण र निर्देशन समेत गरेका थिए । उनले तीन वटा राष्ट्रिय पुरस्कार र अन्य कैयौ पुरस्कार जितेका छन् ।