• २०८१ असोज १३ आइतबार

मास्क नलगाउने सांसद र कर्मचारीलाई बाहिर निकाल्ने पोलेसीको चेतावनी

kharibot

काठमाडौँ । अमेरिकी प्रतिनिधि सभा हाउस अफ रेप्रीजेंटेटिभकी सभामुख (स्पिकर ) नान्सी पेलोसीले सबै सदस्य एवं कर्मचारीलाई अनिवार्य रुपमा मास्क लगाउन आदेश दिएकी छन् ।

स्पिकर पेलोसीले मास्क लगाउने आदेश उलंघन गर्नेलाई र स्वास्थ्यका गाइडलाइन्स तोड्नेलाई च्याम्बरबाट बाहिर निकालिदिने चेतावनी दिएकी छन् ।

संसदमा बिना मास्क देखिने टेक्सासबाट रिपब्लिकन सांसद लुइ गोमर्टलाई कोरोना संक्रमण भएपछि स्पिकर पोलेसीले यस्तो कदम चालेकी हुन् ।

उनी बुधबार कोरोना संक्रमित भएका हुन्, सोहि दिन उनको राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने कार्यक्रम समेत रहेको बताइएको छ ।

स्पिकर पोलेसीले बोल्ने बेला मास्क खोल्ने अनुमति भएपनि त्यसपछि भने मास्क लगाउनुपर्ने बताएकी छन् ।

उनले भनेकी छन् - 'सबै सदस्य र कर्मचारीले यस नियमलाई अनिवार्य रुपमा पालन गर्नुहोला । संसद भवनको च्याम्बरमा स्वास्थ्य नियम र सुरक्षाको सम्मान सबैले गर्न अनुरोध छ ।'

अमेरिकामा अहिलेसम्म कुल १० सांसद कोरोना संक्रमित भएका छन् । जसमा तीन जना डेमोक्रेटका छन् भने ७ जना रिपब्लिकन पार्टीका रहेका छन् ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै