काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बलिवुडका महानायक अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
सामाजिक संजाल ट्वीटरबाट प्रधानमन्त्री ओलीले अमिताभ र अभिषेकको स्वास्थ्यलाभको कामना गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्, 'भारतीय लिजेण्डरी अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेक बच्चनको राम्रो स्वास्थ्य र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।'
अमिताभ बच्चन र अभिषेक बच्चनलाई गएराती कोरोना पुष्टि भएपछि अहिले मुम्बईस्थित नानावती अस्पतालमा उपचार गराइएका छन् ।
त्यस्तै आइतबार मात्र अभिषेककी पत्नी एवं अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चनलाई समेत कोरोना पुष्टि भएको छ ।
त्यस्तै अमिताभ पत्नी अभिनेत्री जया बच्चनको रिपोर्ट भने निगेटिभ आएको बताइएको छ ।