• २०८१ बैशाख २५ मंगलबार

एसइइ सकेका विद्यार्थीका लागि बाल कविता प्रतियोगिता आयोजना

kharibot

पोखरा । पोखरा सेकेन्डरी स्कुल, पोखराले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्तीका अवसरमा राष्ट्रव्यापी बालकविता प्रतियोगिताको आयोजना गरेको छ ।

प्रतियोगितामा शैक्षिक सत्र २०७६ मा  एसईई सकेका विद्यार्थी सहभागी हुन पाउने छन् । पोखरा सेकेन्डरी स्कुलले सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई सहभागी हुन अपिल गरेको छ । 

आयोजक  पोखरा सेकेन्डरी स्कुलका अनुसार कविता नेपाली भाषामा लेखिएको हुनुपर्नेछ भने कविताको शीर्षक र विषयवस्तु प्रतियोगी स्वयम्ले छनोट गर्न सक्नेछन् । कविता (विद्यार्थीहरु) प्रतियोगी स्वयंले लेखेको हुनुपर्ने छ । कविता कुनै पनि जाती, धर्म, संस्कृति, भेषभूषा तथा रास्ट्रियतामाथि आक्षेप नलाग्ने खालको हुनुपर्नेछ । प्रतियोगीले रचना गरेको कविताको पाठ र वाचन गरेको भिडियो पठाउनु पर्नेछ । वाचन गरेको भिडियो बढीमा चार मिनेटसम्मको हुनुपर्नेछ । यहि असार २५ गते भित्र पठाइसक्नुपर्नेछ ।

पोखरा सेकेन्डरी स्कुलका कार्यक्रम संयोजक शिब त्रिपाठी, “लकडाउनको समयमा सबै भन्दा सक्रिय र क्रियाशील साहित्य क्षेत्र रह्यो । सिर्जनशील विद्यार्थीहरु लाई पनि  कविता लेखनमा संलग्न गराउन सकियो भने उनीहरुको प्रतिभाले अझ विकसित हुने अवसर पाउँछ ।

एस.ई.ई.२०७६ नहुने भएपछि  यी  विद्यार्थीहरु एक किसिमको फूर्सदको अवस्थामा छन् । विद्यार्थीहरुलाई कुनै न कुनै सिर्जनात्मक क्रियाकलापमा आफ्नो क्षमता प्रदर्शन गराउने प्रयास स्वरुप यो प्रतियोगिताको आयोजना गरिएको हो । साथै असार २९ गते भानु जयन्ती भएको ले कविता प्रतियोगिता गर्न लागिएको हो । यस्ता अन्य खाल का गतिविधि पनि गर्ने बारेमा विद्यालय ले सोच बनाएकै छ ।“

पोखरा सेकेन्डरी स्कुलका प्रिन्सिपल नारायण न्यौपाने भन्छन, “निर्णायक मण्डलले दिएको अङ्कका आधारमा उत्कृष्ट ५ वटा कवितालाई पुरस्कार प्रदान गरिनेछ । सहभागी सम्पूर्ण प्रतियोगीहरुलाई प्रमाणपत्र प्रदान गरिने छ । सहभागी हुन कुनै किसिमको दर्ता शुल्क लाग्ने छैन । असार २९ गते (भानु जयन्ती )का दिन नतिजा प्रकाशन गरिने छ । परिस्थिति सामान्य भएपछि कार्यक्रम गरी पुरस्कार वितरण गरिने ।“

जन्मजयन्तीका अवसरमा राष्ट्रव्यापी बालकविता प्रतियोगिता कविता निम्न ठेगाना वा भाइवर मार्फत पठाउन सकिन्छ  : [email protected], ९८४६२८१९०८ (viber/whatsapp)
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै