• २०८१ बैशाख २० बिहीबार

के हो जस्टिन बिबरमाथिको यौन शोषणको आरोप ? २ करोड डलरको मानहानी दाबि

kharibot

काठमाडौँ । चर्चित हलिवुड गायक जस्टिन बिबरले आफूविरुद्ध यौन शोषणको आरोप लगाउने दुई महिलालाई मानहानी मुद्धा दायर गरेका छन् ।

सन २०१४ र २०१५ मा ट्वीटरबाट दुई महिलाले गायक बिबरमाथि यौन शोषणको आरोप लगाएका थिए । अहिले गायक बिबरले दुवै विरुद्ध एक एक करोड डलरको मानहानी माग गर्दै मुद्दा दायर गरेका हुन् ।

बिबरले दुवै ट्वीटर एकाउन्ट एकै महिलाले चलाएको दाबि गर्दै आफु माथि लगाएको आरोपको खण्डन समेत गरेका छन् ।

उनले भनेका छन् - मैले आफ्नो क्यारियरमा कैयौं आरोप खेपे, तर आफ्नो पत्नी र टिमसँग कुराकानी गरेपछि मैले यस मुद्धामा बोल्ने निर्णय गरे । अन्य अपवाहका कुरा अलग हुन तर यौन उत्पीडनको विषयलाई मैले हल्कामा लिन सकिन । मलाई लगाइएका आरोप तथ्यात्मक रुपमा गलत छन्, यसको विरुद्ध कानुनी उपचारमा जान्छु ।'

गायक बिबरले विस्तृत विवरण सार्वजनिक गर्दै कथित घटना भएको स्थानमा आफु कहिल्लै नगएको प्रमाण समेत पेश गरेका छन् ।

आरोप लगाउने महिलाले सन २०१४ को मार्च ९ मा सिजन्स होटलमा आफूमाथि बिबरले यौन उत्पीडन गरेको आरोप लगाएकी छन् भने बिबर र उनका वकिलले सो दिन बिबर त्यो होटलमा नै नभएको प्रमाणहरु दिएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै