• २०८१ बैशाख २१ शुक्रबार

खजुरामा अज्ञात व्यक्तिहरुद्वारा निर्माण सामाग्री तोडफोड

kharibot

बाँके, खजुरा । बाँकेको खजुरा गाँउपालिकामा निर्माणाधिन सडकका लागि राखिएको निर्माण सामाग्री तोडफोड गरिएको छ ।

खजुरा गाँउपालिका बडा नं २ को गौघाटमा निर्माणाधीन गौघाट-वासस्थान-योगिनी मावि सडक खण्डका लागि राखिएको अलकत्रा लगायत अन्य निर्माणमा सामग्रीहरु गय राति अज्ञात व्यक्तिहरुद्वारा तोडफोड गरि क्षति पुर्याएको सडक खण्डका निर्माण व्यवसायीका प्रतिनिधि संदिप तमौलिले बताए ।

तोडफोड‌बाट करिब ५ लाख बराबरको निर्माण सामाग्री क्षति भएको समेत उनले बताए । 

खजुरा गाँउपालिका २ मा केही व्यक्तिले निर्माण व्यवसायीको सामाग्री तोडफोड गरिएको जानकारी प्राप्त भएको र ति व्यक्तिको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै