• २०८१ असार १८ मंगलबार

महामारीका बिच चिलीका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

kharibot

चिलीका राष्ट्रपति सबेष्टियन पिनयेरा र नयाँ स्वास्थ्यमन्त्री एनरिक पेरि ।

काठमाडौँ । कोरोना महामारीका बिच दक्षिण अमेरिकी देश चिलीका स्वास्थ्यमन्त्रीले राजीनामा गरेका छन् ।

तिब्र गतिमा दक्षिण अमेरिकी देशहरुमा संक्रमण बढ्दै गएपछि कोरोनाको रोकथामका प्रयासका बीच चिलीमा स्वास्थ्यमन्त्री खाएमे मान्यालिचले राजीनामा गरेका हुन् ।

चिलीका विपक्षी दलको लगातारको स्वास्थ्यमन्त्री बदल्ने मागपछि उनले राजीनामा दिएका हुन् ।

राष्ट्रपति सबेष्टियन पिनयेराले नयाँ स्वास्थ्यमन्त्रीमा एनरिक पेरिलाई नियुक्त गरेका छन् ।

नयाँ स्वास्थ्यमन्त्री पेरीले महामारी रोक्न असन्तुष्ट विपक्षी दलहरुको सल्लाह लिएर काम गर्ने बताएका छन् ।

चिलीमा अहिलेसम्म एक लकः ६७ हजार ३५५ जना संक्रमित भएका छन् भने ३ हजार १०१ जनाले ज्यान गुमाएका छन् ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै