• २०८१ असार २० बिहीबार

प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त

kharibot

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त भएका छन् ।

सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई सचिवमा नियुक्त गरेका हुन् ।

संखुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए । 

प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सचिव पद रिक्त थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै