• २०८१ जेठ १ मंगलबार

सुर्खेतमा संकलन गरिएको थ्रोट स्वाब परीक्षणका लागि जुम्लातिर

kharibot

प्रतिनिधी तस्वीर

खलङ्गा । सुर्खेतमा थ्रोट स्वाबको नमूना परीक्षणको भार बढेपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा थप स्वाब पठाउन थालिएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले आज ८८० स्वाब जुम्ला पठाइएको जनाएको छ । प्रदेश अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा रहेका यन्त्रले दैनिक ९९ स्वाब मात्रै परीक्षण गर्दै आएका छन् । पछिल्लो समय स्थानीय तह र जिल्लाले समेत स्वाब पठाउन थालेपछि परीक्षणका लागि जुम्ला पठाउन थालिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय प्रमुख रीता भण्डारीले बताइन् । जुम्ला पठाइएका स्वाब दैलेख र सुर्खेतका हुन् ।

कर्णाली प्रदेशमा स्वास्थ्य पूर्वाधारको हिसाबले जुम्लाको अवस्था मजबुत छ । प्रतिष्ठानको शिक्षण अस्पतालमा कोरोना संक्रमितक लागि १२० आइसोलेशन बेड छन् । सुर्खेतस्थित प्रदेश अस्पतालमा भने आइसोलेशन बेड ७० मात्र छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै