• २०८१ बैशाख २१ शुक्रबार

पश्चिम रुकुमको बाँफिकोटमा प्रतिनिधि सभा प्रत्यक्षको २१ गते पुन: निर्वाचन 

kharibot

रुकुम । पश्चिम रुकुमको रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्षतर्फ मंसिर २१ गते पुनः चुनाव हुने भएको छ । 

नचिनेका मान्छेको समुहले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपेटिकामा एसिड हालेर जलाएपछि मंसिर २१ गते पुनः चुनाव हुने मतदान अधिकृत नन्दलाल महतोले जानकारी दिए । २१ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मात्रै मतदान हुनेछ । 

मतपेटिकामा आगो लागेपछि दलका प्रतिनिधि र निर्वाचन अधिकृतसहितको बैठकले रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २१ गते चुनाव गर्ने निर्णय गरेको हो । 

मत पेटिकामा आगो लगाएको आशंकामा प्रहरीले कल्पना केसीलाई प्रक्राउ गरेको छ । यो केन्द्रमा प्रदेश सभाको लागी भने मतदान भैरहेको छ । यहाँ ६ सय ७२ जना मतदाता रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै