• २०८१ बैशाख २३ आइतबार

गोरखामा नदीले बगाएर दुईजना बेपत्ता

kharibot

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–२ पाङखोलाका एक बालकलाई त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ । माछा मार्ने क्रममा आज दिउँसो स्थानीयवासी रुद्रबहादुर चेपाङका छोरा १४ वर्षीय विकास चेपाङलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

बेपत्ता बालकको अहिले प्रहरी र स्थानीयवासीले खोजी कार्य गरिरहेको वडा नं १ वडा सदस्य मीनबहादुर सुनारले जानकारी दिनुभयो । बुबासँगै माछा मार्ने क्रममा चेपाङलाई एक्कासि नदीले बगाएको थियो । 

यता गोरखाको शहीद गाउँपालिका–३ भुवनीटार स्थित मर्स्याङ्दी नदीले बगाएको एक युवक बेपत्ता भएका छन् । बाग्लुङ जिल्लाको बरेनडाँडा गाउँपालिका–१ घर भएका १९ वर्षीय कृष्णबहादुर पुनलाई पौडी खेल्ने क्रममा आज दिउँसो नदीले बगाएको हो । 

नदीले बगाएर बेपत्ता बनाएका दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै