• २०८१ बैशाख २० बिहीबार

प्रदेश २ : नेपाल–भारत सीमानाकामा सिसीटिभी जडान गरिने

kharibot

धनुषा । प्रदेश नं २ सरकारले नेपाल–भारत सीमानाकामा सिसीटिभी क्यामेरा जडान गर्ने भएको छ ।

लकडाउन तथा सीमानाका शिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका विभिन्न नाकामा सिसीटिभी जडान गर्न लागेको हो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले सो जानकारी गराउँदै भने, “नेपाल–भारत सीमानाकामा सिसीटिभी क्यामेरा जडानका लागि करिब रु पाँच करोड खर्च हुनेछ । सीमामा कडा निगरानीका लागि यो कदम उठाउन लागिएको हो ।”

भारतसँग जोडिएको खुल्ला सीमाका कारण भारतबाट रातिराति लुकीछिपी मानिस नेपाल छिर्ने गरेको र त्यसले गर्दा कोरोना सङ्क्रमण रोकथाममा झन कठिनाइ भएको भन्दै सिसीटिभी क्यामेरा अर्को विकल्पका रुपमा अघि सारिएको बताए ।

यस्तै, सीमानाकामा निगरानी बढाउनका लागि सुरक्षाकर्मीलाई १०० साइकल दिने तयारीमा समेत प्रदेश सरकार जुटेको मन्त्री कुशवाहाले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै