• २०८१ बैशाख १८ मंगलबार

बेलायतका प्रधानमन्त्री जोनसनलाई आइसीयुमा सारियो

kharibot

काठमाडौँ । कोरोना संक्रमणका कारण अस्पताल भर्ना गरिएका भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई इन्टेन्सिभ केयर युनिटमा सारिएको छ ।

कोरोना संक्रमित भएपछि पछिल्लो १० दिन देखि घरमै आइसोलेसनमा रहेका प्रधानमन्त्री जोनसनलाई लगातर ज्वरो आएपछि सोमबार अस्पताल भर्ना गरिएको थियो ।

५५ बर्षिय जोनसनको अवस्था थप बिग्रिएपछि उनलाई इन्टेन्सिभ केयरमा राखिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

इन्टेन्सिभ केयरमा जानुपर्ने भएपछि जोनसनले आवश्यक काम गर्नका लागि विदेशमन्त्री डोमिनिक राबलाई आफ्नो डेपुटी तोकेको उनका प्रवक्ताले बताएका छन् । 

जोनसनलाई इन्टेन्सिभ केयरमा राखिएको भएपनि उनलाई भेन्टिलेटरमा भने नराखिएको बताइएको छ । उनलाई इन्टेन्सिभ केयरमा लैजानु अघि अक्सिजन दिइएको बिबिसीले उल्लेख गरेको छ ।  

यस अघि प्रधानमन्त्रीको कार्यालयले सावधानी अपनाउन डाक्टरको सल्लाह अनुसार प्रधानमन्त्री जोनसनलाई लन्डनस्थित सेन्ट थोमस हस्पिटलमा अस्पताल भर्ना गरिएको थियो ।

बेलायतमा प्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्रीलाई समेत कोरोना संक्रमण भएको छ । त्यस्तै राजकुमार चार्ल्सलाई समेत कोरोना संक्रमण भएको तर उनी भने ठिक भएको बताइएको छ ।

बेलायतमा अहिलेसम्म कोरोनाबाट ५१ हजार ६०८ जना संक्रमित भएका छन् । त्यस्तै बेलायतमा ५ लाख ३७३ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै