• २०८१ बैशाख २४ सोमबार

प्रचण्डपुत्र प्रकाश दाहालको निधन 

kharibot

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको हृदयघातबाट निधन भएको छ । लाजिम्पाटस्थित निवासमा अचेल अवस्थामा रहेका दाहाललाई बिहान ५ बजेतिर अस्पताल लगिएको थियो । नर्भिक अस्पतालका अनुसार दाहालको अस्पताल पुर्याउनु अघि नै निधन भएको थियो ।

अस्पतालले दाहालको निधन भएको औपचारिक घोषणा भने गरेको छैन । खरीबोटसँग कुरा गर्दै नर्भिक अस्पतालका प्रेस संयोजक आरपी मैनालीले दाहालका पिता प्रचण्ड आएपछि मात्र अस्पतालले आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।

दाहाललाई आइतबार बिहान अचेत अवस्थामा अस्पताल  पुर्‍याइएको थियो । प्रकाश प्रचण्डका एकमात्र छोरा हुन्। 

स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि उपत्यका बाहिर रहेका परिवारका सबै सदस्य काठमाडौँ फर्किएका छन्। वाम गठबन्धनको कार्यक्रममा रहेका प्रचण्ड झापाबाट काठमाडौँ फर्किएका छन् ।

चितवनबाट दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि अहिलेनै काठमाडौं आउँदैछन् । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै