• २०८१ बैशाख २५ मंगलबार

जर्मनीकी चान्सलर एङ्गेला मर्केल सेल्फ आइसोलेसनमा

kharibot

काठमाडौँ । जर्मनीकी चान्सलर मर्केल सेल्फ आइसोलेसनमा गएकी छन् ।

चान्सलरले भेटेकी एक डाक्टरलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनले आफुलाई सेल्फ आइसोलेसनमा राखेको उनका प्रवक्ताले जानकारी दिएका छन् छन् ।

प्रवक्ता स्टेफेन सेइबेर्टले डाक्टरले मेर्कललाई शुक्रबार भ्याक्सिन दिएको र उनी भ्याक्सिन दिने डाक्टरमा कोरोना संक्रमण पोजेटिभ देखिएकोले मर्केलले आफुलाई आइसोलेसनमा राखेको बताएका छन् ।

यस अघि जर्मन सरकारले आम जनतालाई सकेसम्म एक अर्काको सम्पर्कमा नाउन निर्देशन दिएको थियो । जर्मन सरकारले दुई जना भन्दा बढी जम्मा हुनपनि प्रतिबन्ध लगाएको छ ।

मर्केलले कम्तिमा दुई साता आफुलाई आइसोलेसनमा राख्ने बताइएको छ ।

जर्मनीमा कोरोनाबाट अहिलेसम्म ९४ जनाको ज्यान गएको छ भने २४ हजार ८५२ जना कोरोनाबाट संक्रमित भएको पुष्टि भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै