• २०८१ बैशाख १६ आइतबार

प्रेरणा दिने काजोल-अजयको जोडी

kharibot

मुम्बई । अजय देवगन र काजोलको सम्बन्ध र प्रेमलाई देखेर कयौं जोडीहरुलाई डाहा हुने गर्दछ  । २० वर्षपछि पनि उनीहरुको सम्बन्ध नवविवाहित जोडीको जस्तै छ र उनीहरुको अगाडी युवा जोडीहरु पनि फिका देखिन्छन् ।

विवाहलाई सफल बनाउन र सम्बन्धलाई बलियो राख्न यस जोडीबाट धेरै कुरा सिक्न सकिन्छ ।

यस सुन्दर जोडीले फेब्रुअरी महिनामा आफ्नो सुखी वैवाहिक जीवनको २१औँ वर्ष पुरा गरेका छन् । यतिका धेरै वर्षपछि पनि सम्बन्ध नयाँ जोडीको भन्दा पनि राम्रो देखिन्छ ।

अहिले जुन सम्बन्धलाई सबैले प्रेरणाको रुपमा लिएका छन्, त्यस स्थानमा पुग्न दुवैले निकै मिहेनत गरेका छन् जसमा भावनात्मक सम्बन्ध, एक अर्कासंग सुमधुर कुराकानी पनि पर्दछन् । अजय र काजोलको जोडीबाट के सिक्न सकिन्छ ?

काजोल र अजयको जतिबेला विवाह भएको थियो तब प्रायजसो मानिसले उनीहरुको जोडी धेरै दिन नटिक्ने दाबी गरेका थिए किनभने उनीहरु विपरित प्रवृतिका थिए तर आज उनीहरुको विवाह दशकभन्दा पनि धेरै चलिरहेको छ ।

काजोल र अजय आहिले मानिसहरुले के सोच्छन् भन्ने कुरालाई धेरै महत्व दिने गर्दैनन् । यस कुरालाई अरु जोडीले पनि ध्यानमा राख्नु पर्दछ ।

यदि सधै अरु मानिसले के भन्छ र के सोच्छ भन्ने कुराको चिन्ता लियो भने आफ्नो जीवन पनि अरुले सोचेको जस्तै गरी चल्ने गर्दछ । 

यस जोडीको वैवाहिक जीवनमा सबै भन्दा बलियो आधार भनेको नै विश्वास हो । विवाहपछि थुप्रै यस्तो मौका आएको थियो जब अजय देवगनको नाम थुप्रै नायिकासंग जोडिएको थियो । त्यस समयमा उनीहरुको वैवाहिक सम्बन्ध धेरै दिन नटिक्ने खबर पनि आएको थियो ।

तर यस्तो खबरले काजोलको अजयप्रतिको विश्वास सकिएन र पछि सबै हल्ला मात्र भएको कुरा बाहिर आयो । यस जोडीले चुप लागेर सबै कुराको समाधान गरे ।

काजोल जस्तै सबैको वास्तविक जिवनमा आफ्नो जीवनसाथीलाई सबै भन्दा धेरै काम विश्वासको आधारमा गर्नुपर्छ । विशेषरुपमा कार्यालयमा काम गर्ने जोडीले यस कुरामा बढी  ध्यान दिनुपर्छ किनभने उनीहरुसंग अरु विपरित लिंगको सहकर्मी पनि हुन्छन् । यस्तो अवस्थामा राति ढिलासम्म काम गर्ने र फोनमा लामोसमयसम्म कुराकानी हुने गर्दछ, यदि शंका गर्न सुरुवात गर्यो भने सम्बन्ध बिग्रिन शुरु हुन्छ र टुट्न पनि सक्छ ।

हरेक स्थितिमा साफ्नो जीवनसाथीको साथ दिनु 

काजोल, करण जोहर र शाहरुख खान अत्यन्त मिल्ने साथीको रुपमा रहेका छन् । जब अजयको विषयमा विवाद भयो तब काजोलले आफ्नो श्रीमानको साथ दिएकी थिइन् र आफ्नो साथिहरुलाई पनि यस विषयमा सिधा कुरा गरेकी थिइन् । यस कारणले उनको साथीसंगको सम्बन्ध टुट्यो तर पछि सबै ठिक भयो । यसबाट थाहा हुन्छ कि एक जीवनसाथीलाई आफ्नो पार्टनरको साथ कति महत्वपूर्ण हुन्छ । यसले सम्बन्धलाई बलियो बनाउछ साथै समस्याको सामना गर्न पनि सजिलो हुन्छ ।

सासु-ससुरालाई आफ्नो अभिभावकको रुपमा व्यवहार गर्नुपर्छ 

एक अन्तर्वार्तामा अजयले आफै यस कुरा बताएका थिए कि उनको आमा-बुबालाई केहि चाहियो भने उनीहरु अजयलाई भन्दा पहिला काजोललाई फोन गर्छन् । काजोल उनको आमा-बुबासंग नजिक रहेको उनले बताएका थिए । काजोलको यस विशेषता सबै जोडीले अपनाउनुपर्ने हुन्छ ।

यदि आफ्नो सासु-ससुरालाई आफ्नो आमा-बुबाको जस्तै व्यवहार गर्यो भने वर्षौदेखि चली आएको औपचारिक रुपको सम्बन्ध सामान्य बन्न सक्छ । यसको अर्को पनि फाइदा छ त्यो हो, आफुले यदि साथीको अभिभावकको हेरचाह गर्यो भने उसले पनि आफ्नो अभिभावकलाई आफ्नो आमा-बुबा जस्तै व्यवहार गर्छ ।

वैवाहिक जोडी भएको कारण काजोल र अजय पनि आफ्नो  घरको निर्णय मिलेर लिने गर्दछन् तर यसको मतलब आफ्नो व्यक्तिगत जीवनको निर्णय लिने अधिकारको स्वतन्त्रता हुदैन भन्नु गलत हो । यसको  उदाहरणको रुपमा  अजयले महँगो गाडी किन्दा काजोल त्यसमा हस्त्क्षेप गर्दिनन् भने जब काजोल सामान किन्दा सानो पसलहरुमा जान्छिन् तब अजय उनलाई नराम्रो सोच्दैनन् । यस प्रकार विवाहित जोडीले आफ्नो घर चलाउनको लागि मिलेर निर्णय लिने साथै आफ्नो व्यक्तिगत स्पेसलाई पनि महत्व दिनुपर्ने हुन्छ ।

अजय र काजोल प्राय आफ्नो बच्चासंग देखिन्छन् । उनीहरु थुप्रै पटक अन्तर्वार्तामा पनि कुरा गरिसकेका छन् । यस क्रममा सबै भन्दा महत्वपूर्ण कुरा भनेको बच्चाको रेखदेखको जिम्मेवारी काजोलको मात्र नभएर अजयले पनि बराबर निभाएका छन् । उनी पनि आफ्नो छोराछोरी हुर्काउन काजोलसंग हुन्छन् ।

श्रीमानहरुलाई अजयको यस विशेषता सिक्नुपर्ने देखिन्छ किनभने प्राय महिलाको गुनासो हुन्छ कि उनीहरुको श्रीमान केहि गर्दैनन् र बच्चाको सबै जिम्मेवारी महिलाको हुन्छ । यदि सबै काममा सहयोग गर्यो भने प्रेमको साथै सम्बन्ध पनि सुमधुर हुन्छ ।

धैर्य बनाइ राख्ने र गल्तीको हिसाब राख्नु हुँदैन 

काजोलले एक अन्तर्वार्तामा भनेकी थिइन्, अहिलेको सम्बन्ध छिट्टै बिग्रिनुको कारण जोडीहरुबीच धैर्यको कमी हुनु पनि हो । जब जोडी एक-अर्काको गल्तीको हिसाब राख्न थाल्छन् तब बारम्बार त्यसको गन्ति हुन्छ र सम्बन्ध कमजोर हुँदै जान्छ । काजोलले सलाह दिएकी छिन् कि सम्बन्धमा गल्तीलाई बिर्सेर दोश्रो मौका दिनुपर्छ । धैर्य बिना कुनै पनि सम्बन्ध रहँदैन केवल झगडा मात्र हुन्छ र गल्तीको हिसाब गर्दा सम्बन्धमा प्रेमको साटो नकारात्मक भावनाले ठाउँ बनाउछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै