• २०८१ असार ४ मंगलबार

अख्तियारद्वारा टिमुरेका १६ प्रहरीलाई निलम्बनको सिफारिश

kharibot

काठमाडौँ । अख्तियार दुरुपयो अनुसन्धान आयोगले सीमा प्रहरी चौकी टिमुरेका १६ प्रहरीलाई निलम्बनको सिफारिश गरेको छ ।

अख्तियारले प्रहरी निरीक्षक खेम प्रसाद नेपालसमेतले सीमा प्रहरी चौकी टिमुरेको कार्यालय परिसरभित्र केरुङबाट नेपाल आउदै गरेको ना.६ख. ४९३२ नं. को कन्टेनर चेकजाँच गर्ने क्रममा गत पुस ११ गते चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छोडेको र उक्त सुन आवश्यक कानूनी प्रकृयाको लागि सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरी लिएको आरोप लगाएको छ । 

अख्तियारले यो घटना अहिले अनुसन्धान भइरहेको अवस्थामा उक्त कार्यमा संलग्न व्यक्तिहरु पदमा बहाल रही रहँदा आफ्नो बिरुद्दको प्रमाण लोप वा नास गर्न सक्ने भएकाले आयोगको ऐन, २०४८ को दफा १९ को उपदफा (३) बमोजिम तपशिल अनुसारका प्रहरी कर्मचारीहरुलाई निजहरु कार्यरत रहेको पदबाट निलम्बन गर्न प्रहरी प्रधान कार्यालय नक्सालमा लेखी पठाएको जनाएको छ ।

निलम्बनको सिफारिशमा परेका प्रहरीहरु :

१. प्रहरी निरीक्षक खेम प्रसाद नेपाल
२. प्रहरी नायव निरीक्षक भोज बहादुर सेन वली
३. प्रहरी सहायक निरीक्षक रामशरण कुमाल
४. प्रहरी हवल्दार रामशरण रिमाल
५. प्रहरी हवल्दार पुरुषोत्तम खत्री
६. प्रहरी हवल्दार रामकाजी लामा
७. प्रहरी हवल्दार गोपी बहादुर लो तामाङ
८. प्रहरी जवान शिव नारायण चौधरी
९. प्रहरी जवान युवराज खरेल
१०. प्रहरी जवान भविलाल रुम्बा लामा
११. प्रहरी जवान रामचन्द्र वि.क.
१२. प्रहरी जवान रिता चौधरी
१३. प्रहरी जवान मनोज आले
१४. प्रहरी जवान छेक्यु डोल्मा मोक्तान
१५. प्रहरी जवान तारा बहादुर प्रजा
१६. प्र.का.स. हरी बहादुर श्रेष्ठ 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै