• २०८१ बैशाख २३ आइतबार

विजयप्रकाश मिश्रलाई कारबाही गर्न लेखा समितिको साइबर क्राइम ब्यूरोलाई पत्र

kharibot

सार्वजनिक लेखा समितिको बिहीबार सिंहदरबार बसेको बैठकमा सहभागी । बैठकमा सेक्युरिटी प्रेसबारे छलफल भएको थियो । तस्वीर : रासस

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विजयप्रकाश मिश्रलाई कारबाहीको लागि प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्राचार गरेको छ ।

मिश्रले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियो रेकर्ड गरेका थिए । मिश्रले एक अनलाईनमा दिएको अन्तर्वार्तामा लेखा समितिका सदस्यहरुको चरित्र हत्या गरेको भन्दै समितिले यस्तो पत्राचार गरेको हो ।

यस्तै फेसबुकमा चरित्र हत्या हुने गरी पोष्ट गरेको भन्दै समितिले प्रभात किशोर उपाध्यायलाई पनि कारबाहीको लागि पत्राचार गरेको छ। समितिले मिश्र र उपाध्याय दुबैलाई कारबाही गरेर प्रतिवेदन बुझाउन समेत निर्देशन दिएको छ।

समितिको बिहीबारको बैठकमा नेकपाका संसद सूर्य पाठकले सेक्युरिटी प्रेस खरिद प्रक्रियालाई अगाडि बढाउन सांसदहरू पनि भ्रष्टाचारमा संलग्न रहेको भनेर सामाजिक संजाल फेसबुकमा प्रभातकिशोर उपाध्यायले अफवाह फैलाएको भन्दै आपत्ति जनाएका थिए ।

उपाध्यायले सांसदहरूका नाम र तस्बिरसहित कसले कति रकम लियो भनेर आफ्नो फेसबुक अकाउन्टमा लेखेका थिए । 

समिति सभापति भरतकुमार शाहले संसदीय समिति र सांसदहरूकोको अपमान भएकाले उपाध्याय र मिश्रलाई कारबाही गर्न चिठी लेख्‍न निर्देशन दिएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै