• २०८१ बैशाख २१ शुक्रबार

स्कटल्याण्डका जर्ज मुन्से इपिएलमा पोखरा राइनोजबाट खेल्ने

kharibot

काठमाडौँ । आगामी चैत्रमा हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा अर्का विदेशी खेलाडी जोडिएका छन् ।

स्कटल्याण्डका देब्रे हाते ओपनर जर्ज मुन्से इपिएलमा पोखरा राइनोजबाट खेल्ने भएका हुन् ।

मुन्सेले अहिलेसम्म स्कटल्याण्डका लागि २५ एकदिवसीय र ३८ टी-२० खेल खेलेका छन् । २६ बर्षिय मुन्सेले २०१९ मा नेदरल्याण्डसविरुद्ध टी-२० खेलमा बनाएको १२७ रन उनको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो ।

मुन्सेले इपिएलमा जोडिएकोमा खुशी व्यक्त गर्दै नेपालमा क्रिकेट खेल्न आउन आतुर रहेको बताएका छन् ।

यस सिजनको इपिएलमा हाइप्रोफ़ाइल क्रिकेटर जोडिने क्रम जारी रहेको छ । 

अहिलेसम्म क्रिस गेल, केसरिक विलियम्स, डवाने स्मिथ, मोहमद शाहजाद, उपुल थरंगा लगायतका खेलाडी खेल्ने सम्झौता भैसकेको छ ।              
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै