• २०८१ बैशाख २३ आइतबार

बेलायती सेनाध्यक्षद्वारा राष्ट्रपति र प्रधानसेनापतिसँग शिष्टाचार भेटवार्ता

kharibot

तस्बीर : नेपाली सेना

काठमाडौँ । नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाका सेनाध्यक्ष सर मार्क चार्लेटन स्मिथले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

सेनाध्यक्ष स्मिथले आजै टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गरेका थिए । साथै उनको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

भ्रमणको क्रममा उनले पाँचखालस्थित नेपाली सेनाको श्री विरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गरेका छन् । सात दिने औपचारिक भ्रमण पुरा गरी स्मिथ फाल्गुन ९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

स्मिथ नेपालको औपचारिक भ्रमणका क्रममा शनिबार नेपाल आइपुगेका हुन् । 

नेपाल र मित्रराष्ट्र बेलायत बीच सदीऔं देखि नै सुमधुर सम्बन्ध रही आएको भन्दै नेपाली सेनाले यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले दुवै देशका सेनाबीच रहँदै आएको आपसी सौहार्द्रपूर्ण सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास लिएको जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै