• २०८१ बैशाख २२ शनिबार

कनेक्टआइपिएसमा रजिष्ट्रेशन गर्दा बैंक अफ काठमाण्डूले सय ग्राहकको खाता राखिदिने

kharibot

काठमाडौँ । बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसबीच बैंक अफ काठमाण्डूका ग्राहक महानुभावहरुले आफ्नो खातालाई कनेक्टआइपिएस मा पहिलो पटक रजिष्ट्रेशन गर्दा रु १००  (अक्षरुपी रुपैया एक सय मात्र) ग्राहक महानुभावको खातामा उपलब्ध गराउने सहमती भएको छ ।

बैंकका ग्राहक महानुभावहरुले कनेक्टआइपिएस मा आफ्ना खातालाई पहिलो पटक लिंक गरी बैंकबाट भेरिफाई पश्चात् ग्राहक महानुभावहरुको आफ्नै खातामा रु १०० जम्मा हुनेछ ।

ग्राहक महानुभावले कनेक्टआइपिएसमा रजिस्ट्रेशन पश्चात घरमा बसी बसी आफ्नो आवश्यकता बमोजिमको रकमान्तर तथा अन्य सुबिधाहरुको सजिलै उपयोग गर्न सक्नुहुने जानकारी बैंकले गराएको छ । 

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै