• २०८१ बैशाख १७ सोमबार

समाजसेवी अनुराधा कोइराला कांग्रेस प्रवेश

kharibot

काठमाडौं ।  समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार  बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका हुन् ।  

चेलीवेटी बेचविखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक वृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएको बताउदै पार्टी प्रवेश गरेको नेपाली कांग्रेसले जनाएको छ ।

कोइरालाले लोकतन्त्रबाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्वीकार नगर्ने बताउदै लोकतन्त्रलाई थप मजबुत गराउने बेला आएको प्रवेशपछि कोइरालाले बताइन् । उनले भनिन्, ‘म सबैमा लोकतन्त्रलाई स्वीकार गरि सबै अटाउन सक्ने नीति बोकेको कांग्रेसलाई मतदान गर्न अपील गर्दछु ।’

सामाजिक क्षेत्रमा लामो समय योगदान गरेकी कोइराला कांग्रेस प्रवेश गरेकी हुन् । उनी प्रतिष्ठित सीएनएन हिरोबाट सम्मानित व्यक्तित्व समेत हुन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै