• २०८१ बैशाख २१ शुक्रबार

इपिएलमा क्रिस गेल पोखरा राइनोजबाट खेल्ने सम्झौता

kharibot

काठमाडौँ । आगामी चैत्रमा हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) का लागि वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेल पोखरा राइनोजबाट खेल्ने भएका छन् ।

पोखरा राइनोजले गेल आगामी इपिएलमा खेल्ने घोषणा गरेको छ । ४० बर्षिय गेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको आधिकारिक घोषणा नगरेपनि टी-२० खेलहरुमा भने व्यस्त रहेका छन् ।

टी-२० क्रिकेटमा १३ हजार २ सय ९६ रन बनाएका गेलले अहिलेसम्म २२ शतक समेत बनाएका छन् । युनिभर्स बोसका नामले चिनिने गेलले वेस्टइन्डिजका लागि १०३ टेस्ट, ३०१ एकदिवसीय तथा ५८ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

पोखरा राइनोजबाट खेल्ने भएपछि गेलले खुशी व्यक्त गर्दै पोखरा राइनोजलाई समर्थन गर्न आग्रह गरेका छन् । उनले भिडियो संदेशमार्फत नेपाल आएर खेल्न आफु उत्साहित रहेको बताउदै गेलले नेपाललाई गेलको आंघीका लागि तयार रहन भनेका छन् ।

इपिएल आयोजकले विदेशी खेलाडी भित्र्याउने नयाँ नियम बनाएसँगै यस अघि वेस्टइन्डिजका डवाने स्मिथ भैरहवाबाट, श्रीलंकाका उपुल थरंगा ललितपुर तथा अफगानिस्तानका मोहमद शाहजादलाई चितवनबाट खेल्ने गरि सम्झौता गरिसकेका छन् ।

इपिएलको यो सिजन चैत्र १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय मैदानमा हुदै छ ।         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै