• २०८१ बैशाख २२ शनिबार

अग्नि सापकोटाविरुद्धको रिट हेर्दाहेर्दैमा

kharibot

काठमाडौँ । सभामुखमा अग्नि सापकोटाविरुद्धको रिटको सुनुवाई मंगलबार पनि जारी रहने भएको छ ।

सापकोटालाई लाई सभामुख बनाउने प्रक्रिया रोक्न माग गर्दै दायर गरिएको रिटमा सोमबार भएको सुनुवाइ नसकिएपछि मंगलबारलाई हेर्दा हेर्दैमा राखिएको रिट निवेदक तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिएका छन् ।

आज त्रिपाठीसहित अधिवक्ताहरू सुनील पोखरेल, ओमप्रकाश अर्याल, अन्नत लुइँटेललगायतले बहस गरेका थिए ।

सापकोटामाथि लागेको हत्या आरोपसम्बन्धी विभिन्न रिट अदालतमा विचाराधीन भएकाले पनि उनलाई सभामुखमा निर्वाचित गर्न नहुने भन्दै त्रिपाठीले शुक्रबार रिट दिएका थिए ।

आइतबार न्यायाधीश हरि फुयाँलको इजलासमा परेको यो रिट उनले हेर्न नमिलेपछि आज अर्को पेशी तोकिएको थियो ।

यसअघि सापकोटाविरूद्ध सुशील प्याकुरेल लगायतले हालेको रिटमा बहस गरेकाले आफूले यो रिट हेर्न नमिल्ने बताएपछि उक्त रिटको पहिलो सुनुवाइ आइतबार स्थगित भएको थियो ।

उनीमाथि २०६२ सालमा तात्कालीन माओवादीको अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोपको मुद्धा पनि सर्वोच्चमा नै रहेको छ । संवैधानिक इजलासले सापकोटाको मुद्दामा माघ २२ लाई पेशी तोकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै