• २०८३ असार २ मंगलबार

सन्तोष साहुखलको किर्तिमान : लिगमा सय गोल गर्ने पहिलो खेलाडी बने

सन्तोष साहुखलको किर्तिमान : लिगमा सय गोल गर्ने पहिलो खेलाडी बने

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज स्ट्राइकर सन्तोष साहुखललाई नयाँ किर्तिमान बनाएका छन् ।

नेपालको लिग इतिहासमा नै साहुखलले सय गोल गरेर नयाँ किर्तिमान बनाएका हुन् ।

साहुखलले अहिले जारी नेपाल पुलिसविरुद्धको खेलमा खेलको १८औ मीनेटमा गोल गर्दै लिगमा आफ्नो गोल संख्या सय पुर्याएका हुन् । 

पछिल्ला दुई खेलमा साहुखलले गोल नगर्दा उनको सयौं गोल प्रतिक्षाको विषय बनेको थियो । यो सँगै साहुखल  नेपालको ए डिभिजनको लिगमा सय गोलको कोषेढुंगा पार गर्ने पहिलो खेलाडी बनेका छन् ।

यस सिजनमा उत्कृष्ट फर्ममा रहेका सन्तोषले अहिलेसम्म ४ खेलमा ४ गोल गरेका छन् ।

२०६० देखि थ्रीस्टार क्लबबाट ए डिभिजन लिग खेल्न थालेका सन्तोष घरेलु प्रतियोगितामा सर्वाधिक सफल खेलाडी हुन् । 

सन्तोषले अहिलेसम्म २०६० मा थ्रीस्टार क्लबबाट ६ गोल, २०६१ मा एपीएफ क्लबबाट ६ गोल, २०६२ मा थ्रीस्टार क्लबबाट ९ गोल, २०६३ मा थ्रीस्टारबाटै ११ गोल, २०६६-६७ थ्रीस्टारबाटै १९ गोल, २०६८ मा मनाङ मर्स्याङ्दीबाट १६ गोल, २०६९ मा थ्रीस्टार क्लबबाट १७ गोल, २०७० मा थ्रीस्टारबाट ९ गोल २०७५ मा च्यासल युथ क्लबबाट ३ गोल र २०७६ मा अहिलेसम्म च्यासल युथ क्लबबाट ३ गोल गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै