• २०८३ असार २ मंगलबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ८१ घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ८१ घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी प्रदेशमा २ जनाको मृत्यु भएको छ भने कर्णाली, सुदूरपश्चिम, मधेश र कोशी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ८१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २८ जना घाइते भएका छन् भने काठमाडौँमा १० जना घाइते भएका छन् । त्यस्तै काठमाडौँबाहेक बागमती प्रदेशमा १ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ६ जना घाइते भएका छन् भने कर्णाली प्रदेशमा ६ जना र सुदूरपश्चिममा ४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै